भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव

    • स्वास्थ्य पेज

  • १८ कार्तिक २०८०, शनिबार

नेपालगन्जः भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा स्वास्थ्यकर्मीको अभाव भएको छ । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा ठूलो धनजनको क्षती भएको छ । अहिलेसम्म ७६ जनाको मृत्यु भएको र १५० बढी मानिसहरु घाइते भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

नगलगाढ नगरपालिका प्रमुखका प्रमुख डम्बरबहादुर रावतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीको अभाव रहेको बताउनुभयो । ५० शैयाको जाजरकोट अस्पताल घाइतेले भरिएका छन् । अस्पतालमा स्वास्थ्यकर्मीको अभाव रहेको रावतको भनाइ छ । यसैबीच सुर्खेतबाट स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने तयारी भएको छ भने प्रधानमन्त्री प्रचण्ड पनि स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जान लाग्नु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिलसमेत गनुृभएको छ । भूकम्पबाट जाजरको र रुकुम पश्चिममा क्षति भएको छ । जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिकामा ठूलो क्षति भएको छ।उद्धारका लागि सुर्खेतबाट तीन वटा हेलिकोप्टर परिचालन गर्ने तयारी गरिएको छ ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech