अस्पतालको सेवालाई विशिष्टिकृत बनाउँदै लगिएको छः शिक्षण अस्पताल कोहलपुर

    • स्वास्थ्य पेज

  • १७ कार्तिक २०८०, शुक्रबार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले अस्पतालको सेवालाई विशिष्टिकृत बनाउँदै लगेको जनाएको छ । आज कोहलपुरका पत्रकारहरुसँग भेटघाट कार्यक्रमको आयोजना गर्दै अस्पतालले पूर्वाधार अभावका बीच पनि अस्पतालको सेवालाई विशिष्टिकृत बनाउँदै लगिएको जनाएको छ छ ।

अस्पताल प्रमुख डा.रेशम बहादुर रानाका अनुसार दश जनशक्ति र पर्याप्त उपकरणकाबीच अस्पतालले विशिष्टिकृत सेवा थप्दै लगेको बताउनुभयो । उहाँले न्यूरो सर्जरी, अंकलोजी, हेमोडायलाइसिस, यूरो लगायतका विशिष्टिकृत सेवाहरु अस्पतालबाट प्रवाह भइरहेको जानकारी दिनुभयो । कार्डियोलोजी, नेफ्रोलोजी, इन्डोक्राइनोलोजिष्ट लगायतका सेवाहरुलाई थप्दै शिक्षण अस्पताल कोहलपुरलाई थप विशिष्टिकृत अस्पतालका रुपमा विकास गर्ने लक्ष्यका साथ आफुहरु लागि परेको पनि डा.रानाको भनाइ छ ।

उहाँले नेपालगन्ज मेडिकल कलेज टर्सरी लेभलको (केन्द्रीय अस्पताल)का रुपमा रहेको पनि उल्लेख गर्नुभयो । ‘यो अस्पतालले सबै क्षेत्र भुगोलका बिरामीहरुलाई सेवा प्रवाह गरेको छ उहाँले भन्नुभयो-‘क्रिटिकल केयरका हिसावले यसले टर्सरी लेभलकै सेवा प्रवाह गरेको छ ।’ अस्पतालले विश्वसनीय, गुणस्तरीय र बिरामीमैत्री सेवा प्रवाह गरिहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. सुनिल कुमार सिंह, अस्पतालका उपनिर्देशक डा.दिनेश श्रेष्ठ, प्रशासन शाखा प्रमुख विष्णु पोख्रेल, नर्सिङ प्रमुख ललिता शर्मा, प्रशासन शाखा अधिकृत सञ्जय कुमार पन्त, कुश्माखर बस्याल लगायतको उपस्थिति रहेको थियो ।

  • १७ कार्तिक २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech