डब्ल्यूएचओको दक्षिण पूर्वी एसियाको क्षेत्रीय निर्देशकको नेतृत्व चयन आज, नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा

    • स्वास्थ्य पेज

  • १५ कार्तिक २०८०, बुधबार

नेपालगन्जः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनाव आज हुँदै छ । भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो)को बैठकले नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने छ । उक्त पदमा नेपालका र बंगलादेश दाबेदार छन् ।

नेपालको उम्मेदवार डब्ल्यूएचओमा कार्यरत शम्भुप्रसाद आचार्य र बंगलादेशको उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेद रहनु भएको छ । प्रधानमन्त्रीकै छोरी उम्मेदवार भएकाले बंगलादेशले कूटनीतिक लबिइङ तीव्र पारेको छ । डब्ल्यूएचओको दक्षिण(पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् ।

यिनै ११ देशका स्वास्थ्य मन्त्रीहरु पालैपालो क्षेत्रीय अध्यक्ष हुन्छन् । उनीहरुले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्दछन् । यसपटक म्यानमानर बाहेकका १० देशका स्वास्थ्यमन्त्रीहरुले क्षेत्रीय निर्देशक चयन गर्दैछन् । म्यानमारमा सैनिक शासन भएको र त्यसलाई संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले उसले यसपटक क्षेत्रीय निर्देशक चयनमा मत व्यक्त गर्न नपाउने भएको हो ।

  • १५ कार्तिक २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech