बेलायत जान ७५ जना नर्सको आवेदन मात्रै योग्य

    • स्वास्थ्य पेज

  • १३ कार्तिक २०८०, सोमबार

नेपालगन्ज: रोजगारीका लागि बेलायत जान मागभन्दा कम आवेदन परेको छ । बेलायतका लागि १०० जना नर्स (हेल्थ केयर एसिस्टेन्ट अर्थात् स्वास्थ्य सेवा सहायक) को माग गरिएको थियो ।

तर, योग्य आवेदन भने ७५ जनाको मात्रै परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार व्यवस्थापन शाखाका अधिकृत धनन्जयकुमार शाहले ७५ जनाको आवेदनको मात्रै मापदण्ड पुरा भएको बताउनुभयो ।

आवेदनका लागि ७७१ जनाले अनलाइन फारम भरेका थिए । तर, ७५ जनाले मात्रै आवेदनका लागि आवश्यक पर्ने मापदण्ड अनुसारको कागजात पेश गरेको उहाँको भनाइ छ ।

अक्टोबर १९ तारिखसम्म तीन महिना लामो समय तोकेर आह्वान गरिएको आवेदनमा न्यून संख्यामा मात्र आवश्यक कागजातसहित सबमिट गरेका हुन् । नेपाल र बेलायतबीच नेपाली नर्सहरूलाई रोजगारीका लागि लैजाने गरी समझदारी भएको थियो ।

सोहीअनुसार सरकारले गत जुलाई २० तारिखममा आवेदन माग गरेको थियो । तोकिएको अवधिमा सबै कागजपत्र र मापदण्ड पूरा गरेर आवेदन फारम बुझाउनेको संख्या १०० पनि नपुग्दा अब के गर्ने भन्नेमा मन्त्रालयले केही निर्णय गर्न सकेको छैन ।

  • १३ कार्तिक २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech