आठ घन्टाभन्दा लामो समय सुतेर उठ्दा पनि शरीर थाकेको हुन्छ भने तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुस् । 

    • स्वास्थ्य पेज

  • १२ कार्तिक २०८०, आईतवार

कतिपय मानिस बिहान चाँडो उठ्न चाहन्छन् । त्यसका लागि राति नै अलार्म राखेर सुत्छन् । तर, बिहान अलार्म बजेपछि त्यसलाई बन्द गरेर फेरि सुत्छन् र कोही उठाउन आयो भने पनि रिसाउँछन् । यस्तो अवस्थाबाट धेरै मानिस गुज्रिएका हुन्छन् । इच्छाशक्ति बलियो बनाउने र स्वस्थकर जीवनशैली जिउने हो भने यस्तो समस्याबाट टाढा रहन सकिन्छ ।

राति सातदेखि नौ घन्टाको पूरा निद्रा लिन जरुरी छ । रातको समय चाँडै सुत्नुभयो भने अझै राम्रो हुन्छ । यसले गर्दा तपाईं पर्याप्त निदाउन सक्नुहुन्छ र निद्रा पूरा भएपछि उठ्ने संकेत शरीर आफैँले दिन्छ ।

रातको समय भोजन कम लिनुपर्छ । अधिक खानाले पेट भारी हुन्छ र निद्रा राम्रोसँग लाग्दैन । र, ढिला निद्रा परेपछि बिहान पनि ढिलै उठिन्छ । रातमा सुत्नुभन्दा तीन घन्टा पहिले खाना खानु राम्रो हुन्छ । त्यस्तै, रातको समय चिया, कफी पिउने बानी पनि छोड्नुस् ।

कोही मानिस बिहान उठ्न धेरै मुस्किल छ भन्ने सोच्छन् । यस्तो डरले तपाईंको दैनिक रुटिन खराब भइरहेको हुन्छ । केही दिनसम्म मुस्किल भए पनि बिस्तारै सहज हुँदै जान्छ भन्ने याद गर्नुस् । दुई हप्तामा तपाईंको शरीर बिहान उठ्नका लागि मज्जाले तयार भइसकेको हुन्छ । त्यसैले धैर्य राख्नुस् ।

यदि आठ घन्टाभन्दा लामो समय सुतेर उठ्दा पनि तपाईंको शरीर थाकेको हुन्छ, वा तपाईंलाई भारी महसुस हुन्छ भने कुनै स्वास्थ्य समस्या देखिएको हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुस् ।

  • १२ कार्तिक २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech