राष्ट्रिय चिकित्सक संघ दाङको अध्यक्षमा डा.रिजाल

    • स्वास्थ्य पेज

  • ११ कार्तिक २०८०, शनिबार

नेपालगन्जः राष्ट्रिय चिकित्सक संघ नेपाल दाङ जिल्ला कार्यसमितिको प्रथम अधिबेसनले डा.पुष्प राज रिजालको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। तुलसीपुरमा भएको प्रथम अधिवेशनले डा.रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसमा उपाध्यक्ष डा.सुदेश जंग थापा, सचिव डा.शिशिर पोख्रेल, कोषाध्यक्ष डा. चुडामनी न्यौपाने सहसचिव डा.प्रकाश साहु, सहकोषाध्यक्ष डा.सन्दिप न्यौपाने रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा डा.रिम खड्का, डा.हेमन्त खड्का, डा.जनक गुरुङ, डा.विकास न्यौपाने, डा.श्रीधर खनाल, डा.वसन्त चौधरी, डा.निराजन गौतम , डा.कमल खड्का र डा.एलिजा कार्की रहनु भएको छ ।

त्यसैगरी डा.वसन्त रेग्मीको संयोजक्त्वमा सल्लाहकार समिति समेत चयन गरिएको छ । जसको सदस्यहरुमा डा.उमाकान्त तिवारी, डा.हेमराज शर्मा, डा.मदन वि सी र डा.देव राज केसी रहनु भएको छ ।

  • ११ कार्तिक २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech