उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

    • स्वास्थ्य पेज

  • ८ कार्तिक २०८०, बुधबार

काठमाडौं: उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट स्वदेश फर्किनुभएको छ । उहाँ चीनको बेइजिङबाट बुधबार (आज) बिहान काठमाडौं आइपुग्नु भएको हो ।

बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँचदिने उपचार पश्चात स्वास्थ्य लाभ गरी श्रेष्ठ स्वदेश फर्किनु भएको उहाँको सचिवालयले जनाएको छ । बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उहाँलाई हृदयाघात भएको थियो ।

मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बने पनि चिकित्सकले अझै केही दिन विश्राम लिन सुझाएको उहाँको सचिवालयले जनाएको छ ।

  • ८ कार्तिक २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech