आन्दोलनरत विद्यार्थीहरुलाई भेट्न गृहमन्त्री पाण्डेय अस्पतालमा

    • स्वास्थ्य पेज

  • ४ कार्तिक २०८०, शनिबार

बुटवल: लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवा पुग्नुभएको छ । दुई सातादेखि आन्दोलनरत विद्यार्थीहरुलाई भेट्न उहाँ त्यहा पुग्नुभएको हो।

केही दिनदेखि अस्पतालमा रिले अनसनमा बसेका विद्यार्थीहरुसँग शनिबार भेटेर गृहमन्त्री पाण्डेयले उनीहरुको माग तथा त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको थियो । अस्पतालमा प्रहरी लगाएर प्रशासनले ज्यादति गरेको भन्दै विद्यार्थीहरु रिले अनसनमा बसेका छन् ।

भेटमा विद्यार्थीहरुले माग सम्बोधनका लागि पहल गरिदिन गृहमन्त्री समक्ष आग्रह गरेका थिए । यस्तै जवाफमा गृहमन्त्री पाण्डेयले नतिजा आउने गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको बताईएको छ ।

आन्दोलनरत विद्यार्थीहरुको समूहले भने कलेजका प्रिन्सिपल प्रा.डा.लक्ष्मी पाठकले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् । आन्दोलनका कारण अस्पतालमा उपचार सेवा प्रभावित भएको छ ।

  • ४ कार्तिक २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech