दशैंको खानपानमा के कुरामा ध्यान दिने ?

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०८०, शुक्रबार

काठमाडौं: नेपालीहरुको महान चार्ड दशैंलाई मीठोमीठो परिकार बनाएर खाने चार्डका रुपमा लिइन्छ । उत्सव र चाडपर्व भन्ने वित्तिकै अधिकांश नेपाली समाजले थरि थरिका मीठा मीठा परिकार बनाएर खाने अवसरका रुपमा बुझ्ने गर्दछन् । त्यस्ता परिकारहरुमा मासु र मासुजन्य परिकारको बाहुल्यता रहने गरेको छ ।

तर चाडपर्वको खुसी साट्नका लागि खाने र खुवाउँने मासुका परिकारहरु सहि तरिकाले खाइएन भने मानव स्वास्थ्यका लागि उल्टै हानिकारक हुन सक्ने चिकित्सकहरु बताउँछन् । त्यसैले चाडपर्वमा खानपानमा बिशेष ध्यान दिनुपर्ने उनीहरुको सुझाब छ ।

दशैंमा अन्य समय भन्दा बढी मासु सहित गुलियो र चिल्लो पदार्थको सेवन गर्ने आम नेपालीको बानी छ । मासुसँगै दशैंमा मदिरा सेवनले पनि प्राथमिकता पाउँछ । अरु, समय खाएर वा पिएर पनि आफ्नो काममा चलायमान हुनेहरु पनि यो समयमा निश्क्रिय बस्छन् ।

तर, यसले स्वास्थ्यमा कस्तो असर पार्छ यो बुझेर दशैंको खानपान गर्नुपर्ने विज्ञहरु बताउँछन् । खानपानको ध्यान कसरी राख्ने त ?

निम्न कुराहरु ख्याल गर्नुहोस्

रातो भन्दा सेतो मासु खाने

मासु दुई प्रकारको हुन्छ । सेतो मासु र रातो मासु । सेतो मासु तुलनात्मक रुपमा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ । रातो मासुमा यसै पनि चिल्लोको मात्रा बढी हुन्छ । यसले युरिक एसिड पनि बढाउँछ । कुखुरा, माछा लगायतबाट प्राप्त हुने मासु सेतो मासु हो ।

चार खुट्टे जनावरबाट प्राप्त हुने मासु भने रातो मासु हो । रातो मासुमा अत्याधिक प्रोटिनका साथै ‘फ्याटी एसिड’ पनि प्रशस्त मात्रामा हुन्छ । मासुमा भएको कोलस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ ।

यसले मुटु रोगीलाई सबैभन्दा बढी हानी गर्छ भने मुटु रोगको खतरा पनि निम्त्याउँछ । शरीरभित्र फ्याटी एसिडसँग कोलस्ट्रोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ । रातो मासुमा स्याचुरेटेड फ्याटको मात्रा बढी हुन्छ । यस्ता फ्याटले रगतमा कोलस्ट्रोलको मात्रा बढाउँछ ।

छालायुक्त मासु नखानुस

मासुको प्रयोगमा छाला पनि मानव स्वास्थ्यका लागि धेरै फाइदाजनक हुँदैन । छालासहित जनावरको खुट्टा, पखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ । यसले पनि विभिन्न रोगहरुलाई निम्तो दिन्छ । संगै खसीबोका लगायतका जनावरको छालामा काटिएर रहेका रौ पनि रहन्छ । त्यसैले छाला नभएको मासु खान बढी स्वस्थकर हुन्छ ।

ड्राइफुड र कोल्ड ड्रिंक्स कम गर्नुस

दशैंका बेला चिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जंकफुड नखाएकै बेस हुन्छ । यसैगरी विभिन्न कोल्ड ड्रिंक्स आइसक्रिम, मह, जाम, केक लगायत पनि खानु मधुमेहीका लागि हानिकारक छ ।

सुगर, प्रेसर र मुटुका बिरामीलाई पनि यसले राम्रो गर्दैन । ड्राइफुडसहित प्याकेजिङ फुडले स्वास्थ्यलाई फाइदा गर्दैन ।

मसला घटाउनुस

दशैंमा परिकारहरुमा मसलाको प्रयोग अत्याधिक हुने गर्छ । चिल्लोसंगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ ।

धुम्रपान र मद्यपान नगर्नुस

दशैंमा मात्र होइन अरु समय पनि धुम्रपान र मद्यपान स्वास्थ्यका लागि हानीकारक हो । त्यसमा पनि दशैंमा रमाइलोका नाममा बढी धुमपान र मद्यपान गर्दा अनाहकमा ज्यान गुमाउनुपर्नेस्म्मका जोखिम आइपर्न सक्छन् । दशैंको बहानामा यो क्रियाकलापमा सहभागी नभएकै राम्रो

फुड प्वइजनबाट जोगिनुस

दशैंमा हामीले खानेकुरामा प्रोटिनयुक्त खानेकुरा धेरै हुन्छन् । बढी खाने, फुर्सदको समय भएकाले आराम बढी गरिने हुँदा हामीले खाएको खानेकुरा अन्य समयको जस्तो छिटो नपच्न सक्छ । यदी त्यसो भयो भने पनि बिरामी हुने खतरा हुन्छ ।

शाकाहारीमा जोड दिनुस, व्यायम गर्नुस

आफ्नो चार्ड आफ्नै खुसीले मनाउने तर्क पनि धेरैको हुन्छ । तर, यस्ता चार्डपर्व शाहाकारी भोजन गर्ने र नियमित व्यायाम गर्नेको रमाइलो भएका उदाहरण पनि धेरै छन् ।

  • ३ कार्तिक २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech