स्वास्थ्यमैत्री जीवनशैली आत्मसाथ गर्न स्वास्थ्य मन्त्रालयको सुझाव

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०८०, शुक्रबार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्वका समयमा असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै स्वास्थ्यमैत्री जीवनशैली आत्मसाथ गर्न सुझाव दिएको छ।

मन्त्रालयले दशैं, तिहार र छठ पर्वको शुभकामना दिँदै खानपानमा विशेष ध्यान दिन सुझाव दिएको हो। शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सेतो मासु, फलफूल र रेशादार खानेकुराहरुमा जोड दिँन सुझाव समेत दिएको छ ।

साथै मन्त्रालयले सरोकारवाला निकायलाई बिदाका दिनहरुमा पनि अस्पतालमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चीतताका साथै आकस्मिक चिकित्सकीय समूह, आधारभूत आकस्मिक मेडिकल प्राविधिक, एम्बुलेन्स आदी तयारी अवस्थामा राख्न अनुरोध गरेको छ।

मन्त्रालयले स्वास्थ्य सेवा सम्बन्धी जानकारी आवश्यक भएमा मन्त्रालयको हटलाइन नम्बर १११५ र ११३३ सम्पर्क गर्न पनि आग्रह गरेको छ।

 

  • ३ कार्तिक २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech