अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी सरकारको निर्णयप्रति एमालेको ध्यानाकर्षण

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०८०, शुक्रबार
अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी सरकारको निर्णयप्रति एमालेको ध्यानाकर्षण

नेपालगन्ज:  नेकपा एमालेले १३ वटा अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णयको विरोध गरेको छ ।

जनस्वास्थ्यको संवेदनशीलतासँग जोडिएको र स्वास्थ्यसँग सम्बन्धित अस्पताल विकास समितिहरुलाई नेतृत्वविहीन बनाउने र हतोत्साहित गराउने कदम स्वीकार्य नभएको भन्दै एमाले लुम्बिनीले ध्यानाकर्षण भएको जनाएको हो । एक विज्ञप्ती जारी गर्दै एमाले संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले राजनीतिक प्रतिशोध र पूर्वाग्रही ढंगले वर्तमान सरकारले यसप्रकारको निर्णय गरेको टिप्पणी गर्नुभएको हो ।

बुधबार मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली, २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको थियो ।

हेर्नुहोस् विज्ञप्ती

  • ३ कार्तिक २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech