स्वास्थ्य जाँच गराउन प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा

    • स्वास्थ्य पेज

  • ३० आश्विन २०८०, मंगलवार

नेपालगन्जः स्वास्थ्य जाँच गराउन नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एन्जिओग्राम गरिने भएको छ । उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्री प्रचण्डलाई पेट र छातीको बीचमा अप्ठेरो महसुस भएको थियो ।

प्रधानमन्त्रीको मुटुको एन्जिओग्राम गरिने उहाँले जानकारी दिए । यो परीक्षणले मुटुमा रहेका नशाबाट रक्तसञ्चार भएको वा नभएको पत्ता लाग्नेछ । यो परीक्षणको रिपोर्ट आएपछि चिकित्सकहरुले प्रधानमन्त्रीलाई भर्ना गर्ने वा नगर्ने निर्णय गर्नेछन् ।

छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझ नर्भिक अस्पतालमा पुग्नुभएको थियो । ‘पछिल्ला दिनमा दौडधुप र तनावका कारण समस्या देखिएको हुनसक्छ’, प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘के भएको हो कन्फर्म भएर जाऔं भनेर अस्पताल आएका हौं ।’

  • ३० आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech