स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले दिए राजीनामा

    • स्वास्थ्य पेज

  • ३० आश्विन २०८०, मंगलवार

नेपालगन्जः स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले राजीनामा दिएका छन्। मंगलबार स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई उनीहरुले राजीनामा बुझाएका छन्।

डा सुरेश तिवारी, डा तारा शाह, इन्द्रकला राई, चन्द्र थापा र टिका चापागाईले संयुक्तरुपमा राजीनामा दिनुभएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले सोमबार डा मदन उपाध्यायलाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गर्नु भएको थियो ।

सरकारले २४ असोजमा बोर्डका कार्कारी निर्देशक डा दामोदर बसौलालाई निलम्वन गरेपछि सो पदमा उपाध्ययलाई जिम्मेवारी दिएको हो।

  • ३० आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech