भेरी अस्पताल र फत्तेवाल आँखा अस्पतालको सेवा आज बन्द

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०८०, आईतवार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्ज र फत्तेवाल आँखा अस्पतालको सेवा आज बन्द भएको छ । आज घटस्थापना भएकाले भेरी अस्पतालको ओपिडी सेवाहरु बन्द भएको अस्पतालले जनाएको छ ।

इमरजेन्सी र इन्डोर लगायतका अन्य सेवाहरु भने यथावत रहेको पनि अस्पतालले जनाएको छ । यस्तै फत्तेवाल आँखा अस्पताल पनि आज बन्द भएको छ ।

अस्पताल बन्द भएपनि सामान्य ओपिडी र सन्ध्याकालीन संस्थागत प्राइभेट आँखा जाँच सेवा भने जारी रहने प्रवन्ध निर्देशक डा.कौशल कुमार वर्माले जानकारी दिनुभयो ।

  • २८ आश्विन २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech