नेपाल औषधि व्यवसायी संघ बाँकेको अध्यक्षमा अवस्थी

    • स्वास्थ्य पेज

  • २७ आश्विन २०८०, शनिबार

नेपालगन्ज:  नेपाल औषधि व्यवसायी संघ बाँकेको अध्यक्षमा जयदेव अवस्थी निर्विरोध चयन हुनु भएको छ । संघको दोस्रो अधिवेशनले अवस्थीको अध्यक्षता १३ सदस्यीय समिति निर्विरोध चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा पवन कुमार बाँनिया, थोक उपाध्यक्षममा सरद राज अधिकारी, खुद्रा उपाध्यक्षमा लेखनाथ बगाले निर्विरोध चयन हुनु भएको प्रमुख निर्वाचन अधिकृत लोक बहादुर शाहले जानकारी दिनुभयो ।

यस्तै महासचिवमा जीवन शर्मा, कोषाध्यक्षमा प्रदीप शाह, उप-कोषाध्यक्षमा सन्तोष घर्तिमगर चयन हुनुभयो । महासचिवमा शर्मा दोहोरिनु भएको हो । चक्र बहादुर केसी, राजेश कुमार गुप्ता, वेवी कुमारी मण्डल, लोक बहादुर कठायत र दिपेश श्रेष्ठ सदस्यमा निर्विरोध हुनु भएको छ ।

तीन वर्षीय कार्यकालका लागि समिति चयन भएको हो ।  निवर्तमान अध्यक्ष स्वत: पदेन सदस्य हुने र एकजना कार्यसमितिले मनोनीत गर्ने प्रावधान रहेकाले संघको कार्यसमिति १५ सदस्यीय हुने नवनिर्वाचित कोषाध्यक्षमा प्रदीप शाहले जानकारी दिनुभयो ।

  • २७ आश्विन २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech