नेपालगन्ज: नेपाल औषधि व्यवसायी संघ बाँकेको अध्यक्षमा जयदेव अवस्थी निर्विरोध चयन हुनु भएको छ । संघको दोस्रो अधिवेशनले अवस्थीको अध्यक्षता १३ सदस्यीय समिति निर्विरोध चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा पवन कुमार बाँनिया, थोक उपाध्यक्षममा सरद राज अधिकारी, खुद्रा उपाध्यक्षमा लेखनाथ बगाले निर्विरोध चयन हुनु भएको प्रमुख निर्वाचन अधिकृत लोक बहादुर शाहले जानकारी दिनुभयो ।
यस्तै महासचिवमा जीवन शर्मा, कोषाध्यक्षमा प्रदीप शाह, उप-कोषाध्यक्षमा सन्तोष घर्तिमगर चयन हुनुभयो । महासचिवमा शर्मा दोहोरिनु भएको हो । चक्र बहादुर केसी, राजेश कुमार गुप्ता, वेवी कुमारी मण्डल, लोक बहादुर कठायत र दिपेश श्रेष्ठ सदस्यमा निर्विरोध हुनु भएको छ ।
तीन वर्षीय कार्यकालका लागि समिति चयन भएको हो । निवर्तमान अध्यक्ष स्वत: पदेन सदस्य हुने र एकजना कार्यसमितिले मनोनीत गर्ने प्रावधान रहेकाले संघको कार्यसमिति १५ सदस्यीय हुने नवनिर्वाचित कोषाध्यक्षमा प्रदीप शाहले जानकारी दिनुभयो ।