औषधि व्यवसायी संघ कर्णालीले बुझायो उपप्रधानमन्त्री खड्कालाई ध्यानाकर्षण पत्र

    • स्वास्थ्य पेज

  • २७ आश्विन २०८०, शनिबार

नेपालगन्ज: नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशले उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्कालाई आज ध्यानाकर्षण पत्र बुझाएको छ ।

औषधि तथा स्वास्थ सामाग्री (नियमन तथा नियन्त्रण ) विधेयक, २०८० को दफा ४३(१) र ४५(१) मा व्यवस्था गरिएको औषधि तथा स्वास्थ सामाग्री परामर्ष परिषद र सल्लाहकार समितिमा मौजुदा औषधि ऐन , २०३५ सरह नेपाल औषधि व्यवसायी संघको प्रतिनिधित्व सुनिश्चितताको माग गर्दै उपप्रधानमन्त्री खड्कालाई ध्यानाकर्षण पत्र बुझाइएको संघका प्रदेश अध्यक्ष प्रेम भण्डारीले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री खड्का गृह जिल्ला सुर्खेत आएको अवसरपारी उक्त ध्यानाकर्षण पत्र पेश गरिएको पनि उहाँको भनाइ छ । त्यसक्रममा उपप्रधानमन्त्री खड्काले सल्लाहकार समिति र परामर्श परिषदमा संघको उपस्थिति र सहभागिता सुनिश्चितताका लागि आफू सकरात्मक रहेको र आफ्नोतर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

बिधेयकमाथि छलफलका क्रममा औषधि व्यवसायी संघलाई चित्त नबुझेका वा असहमति रहेका बिषयहरु आवश्यक संशोधन गरेर अगाडि बढ्ने कुरामा उहाँले दृढता व्यक्त गरेको पनि अध्यक्ष भण्डारीले बताउनुभयो ।

संसदमा दर्ता गरिएको उक्त विधेक औंषधि व्यवसायी हित अनुकूल नभएको भन्दै संघले बिरोध गर्दै आएको छ । संघले यसअघि स्वास्थ्य मन्त्रालय, संसद सचीवालय, सभामुखलाई ध्यानाकर्षण पत्र बुझाइसकेको जनाएको छ ।

  • २७ आश्विन २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech