१६ वर्षीय बालकका दुवै मिर्गौला फेल, सहयोगको याचना

    • स्वास्थ्य पेज

  • २७ आश्विन २०८०, शनिबार

नेपालगन्जः दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ का १६ वर्षीय दिपेश बहादुर शाहीका दुवै मिर्गौला फेल भएका छन् । भैरव मावि कक्षा १० मा अध्ययनरत शाहीका दुवै मिर्गौला फेल भएपछि अहिले शाही जीवन र मरणको दोसाँधमा पर्नुभएको छ । आँखा र कानको समस्यासँग समेत जुधिरहनु भएका शाहीको मिर्गौला प्रत्यारोपण गर्नु पर्ने भएकाले परिवारले सहयोगको आचना गरेको छ ।

कलिलो उमेरमा छोराको यो अवस्था भएपछि बुवा धिरबहादुर र आमा दुर्गा यतिबेला सहयोग खोज्दै भौतारिनु भएको छ । भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा दिपेशका दुवै मिर्गौलाले काम नगर्ने अवस्थामा पुगेर र प्रत्यारोपणको लागि चिकित्सकले सुझाव दिएको धिरबहादुरको भनाइछ ।

मिर्गौला प्रत्यारोपणका लागि रकम धेरै लाग्ने भएपछि परिवारले सहयोगको याचना गरेको हो । आर्थिक अवस्था कमजोर भएकाले छोराको मिर्गौला प्रत्यारोपणका लागि आफुसँग रकम नभएको धिरबहादुर बताउनुहुन्छ । विगत एक वर्षदेखि दिपेशलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि शाही परिवारले नेपालगन्जसहित भारतका मुम्वईसम्म धाउनुभयो । तर निको हुनुको साटो समस्या झन बल्झिदै गएपछि अहिले शाही परिवार तनाव छ ।

सहयोगका लागि

 

  • २७ आश्विन २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech