फत्तेपुरमा निःशुल्क प्राथमिक कान उपचार शिविर

    • स्वास्थ्य पेज

  • २६ आश्विन २०८०, शुक्रबार

नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिका ७ फत्तेपुरस्थित फत्तेपुर स्वास्थ्य चौकीमा आज निःशुल्क प्राथमिक कान उपचार शिविर गरिएको छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र नेपालगन्जको आयोजना तथा राप्ती सोनारी गाउँपालिका अगैयाको समन्वयमा शिविर गरिएको हो ।

उक्त शिविरमा १३० जना बिरामीको कान चेकजाँच गरिएको सहायक कान चिकित्सक तिर्थमान थारुले जानकारी दिनुभयो । त्यसक्रममा ४८ जनामा कान पाकेको समस्या देखिएको छ । त्यसैगरी १२ जनाको भने शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको थारुको भनाइ छ । थारुसँगै अर्का सहायक कान चिकित्सक भिषण थारुले चेकजाँच गर्नुभएको थियो ।

कान स्वास्थ्यलाई मानिसहरुले खासै महत्व नदिएको पाइएको छ । समस्या देखिएपछिमात्रै कान स्वास्थ्य वारे परामर्श लिने गरिएका कारण यसले जटिलता निम्त्याउने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

  • २६ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech