४१ वर्षीया गर्भवतीको हेलिकोप्टरबाट उद्धार

    • स्वास्थ्य पेज

  • २३ आश्विन २०८०, मंगलवार

नेपालगन्जः चुमनुब्री गाउँपालिका ७, छेकम्पारकी ४१ वर्षीय गर्भवती महिलालाई हेलिकप्टरमार्फत उद्धार गरीएको छ । यो गोरखाको खवर हो ।

सोमबार पासाङ छेन्जुम लामालाई उद्दार गरेर काठमाडौ लगिएको हो । लामालाई सुरुमा छेकम्बार स्वास्थ्य चौकीमा लागिएको थियो । तर, स्वास्थ्य अवस्था जटिल रहेको र २४ घण्टाभन्दा लामो बेथा लागेकोले हेलिकोप्टर मगाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिनुभयो ।

लामालाई गोरखाबाट थापाथली हस्पिटल लगिएको थियो । त्यहाँबाट पाटन अस्पताल लगिएको लामिछानेले जानकारी दिनुभयो । ‘उहाँलाई पुत्री लाभ भएको छ ।

  • २३ आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech