तलब खुवाउन नसकेपछि वीरमा कार्यरत कर्मचारी हटाइएको स्वास्थ्यमन्त्रीको स्पष्टोक्ती

    • स्वास्थ्य पेज

  • २३ आश्विन २०८०, मंगलवार

नेपालगन्जः वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्पष्टिकरण दिनुभएको छ । वीरमा २२१ स्वास्थ्यकर्मीलाई हटाइएपछि स्वास्थ्यमन्त्रीले उक्त स्पष्टिकरण दिनुभएको हो ।

विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले कोभिड–१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरुलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन अनुसार एकैपटक सेवाबाट हटाएको थियो।

उहाँले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि दरबन्दी अभाव समस्याका रुपमा रहेको भन्दै अब यो छिट्टै समाधान हुने बताउनुभयो ।

 

  • २३ आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech