वीरमा २२१ स्वास्थ्यकर्मीलाई हटाइयो, २३ बेड बन्द

    • स्वास्थ्य पेज

  • २३ आश्विन २०८०, मंगलवार

नेपालगन्जः चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीरले अस्पतालमा करारमा कार्यरत २ सय २१ जना स्वास्थ्यकर्मीलाई सेवाबाट हटाएको छ । डाक्टर, नर्स, ल्याब टेक्निसियन, बायो मेडिकल इन्जिनियर, रेडियोग्राफर, इलेक्ट्रिसियनलगायत गरेर वीरमा २ सय २१ स्वास्थ्यकर्मीलाई हटाइएको हो ।

तीमध्ये ४४ जना चिकित्सक र नर्स गरी १ सय ४७ जना छन् । स्वास्थ्य मन्त्रालयलाई करार सेवा निरन्तर दिन र पारिश्रमिक रकम विनियोजन गर्न पटकपटक अनुरोध गर्दा पनि नमानेपछि बाध्य भएर हटाउनुपरेको अस्पतालको भनाइ छ ।

ठूलो मात्रामा स्वास्थ्यकर्मी हटाइएपछि अस्पतालमा सञ्चालित ५९ बेड आईसीयूमध्ये २३ बेड बन्द भएका छन् । यसले देशभरबाट आएका बिरामी उपचार नपाएर मारमा परेका छन् ।

  • २३ आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech