तीन लाख बराबरको प्रतिबन्धित औषधि बरामद

    • स्वास्थ्य पेज

  • २१ आश्विन २०८०, आईतवार

नेपालगन्ज: भारतबाट नेपालमा ल्याइँदै गरेको अवस्थामा ठूलो परीमाणमा प्रतिबन्धित औषधि बरामद भएको छ।

विराटनगर महानगरपालिका वडा नं १३ जतुवा नहर छेउमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको औषधिहरु प्रहरीले बरामद गरेको हो।

प्रहरीले ओकेरोन ३६४ पिस, माइको फिट २ डब्बा,नसानोल २ डब्बासमेत गरी तीन लाख एक्काईस हजार चार सय बराबरको औषधि बरामद गरेको छ।

उक्त औषधि आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग विराटनगर बुझाइएको प्रहरीले जनाएको छ।

  • २१ आश्विन २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech