तेलियनपुरमा आयोजित रक्तदानमा ३३ जनाले रक्तदान गरे

    • स्वास्थ्य पेज

  • २१ आश्विन २०८०, आईतवार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१, तेलियनपुरमा आज आयोजित रक्तदानमा ३३ जनाले रक्तदान गरेका छन् । तेलियनपुर टोल विकास समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा उक्त रक्तदान गरिएको हो ।

रक्तदान जीवन दान भन्ने मूल नाराका साथ आयोजित उक्त रक्तदानमा ३३ जनाले रगत दान गरेको समितिका अध्यक्ष भागिराम बुढामगरले जानकारी दिनुभयो । ‘रगतको कमीले अनाहकमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने ध्ययले रक्तदान गरिएको पनि उहाँको भनाइ छ ।रक्तदान कार्यक्रममा नेपालगन्ज रक्त सञ्चार केन्द्रका वरीष्ठ रक्त प्राविधिक सोमप्रकाश सापकोटाको नेतृत्वमा ६ जनाको टोली खटेको थियो ।

मन्दिप चौधरी, रेशम हमाल, रोशन सुनार, अर्जुन सुनार, रिसब पुन मगर, पुरन सुनार, विकास पोख्रेल, चिन्ता सुनार, सोनीलाल बुढाथोकी, रामप्रसाद सुनार, लक्की परियार, सुशिल विश्वकर्मा, कृष्ण पुन, सन्तोष सुनार,कमला खड्का, निराजन पुन, मनकुमारी सुनार,तारा थापा, शिशिर थापामगर, दिपेश चौधरी, खगेन्द्र शाही, उमेश सुनार, रुद्र पुन, मोहन कुमार पुन, नारायणी पुन, माया सुनार, पप्पु दर्लामी, रमेशनाथ भट्टराई, सोनीराम सुनार, लोकबहादुर सुनार, रमेश बढही र अनिसा रोकायले रक्तदान गर्नुभएको थियो ।

  • २१ आश्विन २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech