अन्नपूर्ण न्यूरो अस्पतालसंगको सहकार्यमा नेपालगन्ज मेडिकल कलेजमा अब न्यूरोसाइन्स सेवा

    • स्वास्थ्य पेज

  • २० आश्विन २०८०, शनिबार

नेपालगन्ज: नेपालगन्ज मेडिकल कलेजले न्यूरोसाइन्स सेवा प्रवाह गर्ने भएको छ । न्यूरोका बिरामीका लागि स्तरीय सेवा प्रवाह गर्नेक्रममा अन्नपूर्ण न्यूरो अस्पतालसंगको सहकार्यमा न्यूरोसाइन्स सेवा प्रवाह गर्ने भएको हो । ओपिडी वार्ड र सघन कक्षमा अबदेखि अन्नपूर्ण न्यूरो अस्पतालका विशेषज्ञले सेवा दिनेछन् ।

योसंगै मेडिकल कलेज शिक्षण अस्पतालको न्यूरो सेवा स्तरीय हुनेछ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र अन्नपूर्ण न्यूरोलोजिकल तथा अलाइड साइन्स काठमाडौं बीच १८ बुँदे सहमतिसंगै अस्पतालको न्यूरो सेवा स्तरीय हुने भएको छ । यो सहमतिसंगै पश्चिम नेपालका बिरामीहरुलाई न्यूरोसाइन्सको क्षेत्रमा उच्च स्तरीय सेवा प्रवाह हुन बिश्वास लिइएको छ। नेपालगन्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा न्यूरो अस्पतालबाट तीन जना सियिनर न्यूरो विशेषज्ञ र २ जना रेसीडेन्ट खटाइने सहमति भएको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका सह-निर्देशक डा.नितेशकुमार कनोडियाले जानकारी दिनुभयो ।

यसरी खटाइएक न्यूरो टिमलाई नेपालगन्ज मेडिकल कलेजले हरेक महिना आपसि सहमति अनुसार महिनावारी तलब दिने र अन्नपूर्ण अस्पतालबाट खटिएका न्यूरोसर्जनले प्राईभेटमा प्रयाक्टिस गर्न भने पाउने छैनन् । नेपालगन्ज मेडिकल कलेजमा उपचार सम्भव नभएका न्यूरो सम्बन्धि विरामीलाई अन्नपूर्ण न्यूरो अस्पतालमा पठाउने व्यवस्था गरिने पनि सहमति भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालकातर्फबाट प्रबन्ध संचालक डा. सुरेश कुमार कानोडिया र अन्नपूर्ण न्यूरोलोजिकल तथा अलाइड साइन्सकातर्फबाट अध्यक्ष डा. बसन्त पन्तले हस्ताक्षर गर्नुभएको सहमतिमा अन्नपूर्ण न्यूरो अस्पतालले प्राबिधिक हाराहारीमा सेवा बिस्तार गरिनेछ ।

  • २० आश्विन २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech