अहेवविरुद्ध ९० लाख बढीको भ्रष्टाचार मुद्दा

    • स्वास्थ्य पेज

  • १९ आश्विन २०८०, शुक्रबार

नेपालगन्जः सिनियर अहेव बिन्दु कोइरालाविरुद्ध ९० लाख ३९ हजार ६२० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । कोइराला स्याङ्जाको चापाकोट नगरपालिकाको कार्यालय, चापाकोटका अहेव भएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार सार्वजनिक सेवामा रहेको मिति २०५४ कात्तिक ५ गतेदेखि २०७८ मंसिर २१ गतेसम्मको अवधिमा कोइरालाको आयभन्दा व्यय धेरै देखिएको छ ।

सो अवधिमा निजको आयतर्फ दुई करोड ९७ लाख ८१ हजार ८०२ रुपियाँ रहेकोमा सोही अवधिमा विभिन्न शीर्षकमा तीन करोड ८८ लाख २१ हजार ४२२ रुपियाँ व्यय रहेको हुँदा ९० लाख ३९ हजार ६२० रुपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पुष्टि भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

कोइरालाले सार्वजनिक सेवाको पदमा रहेर पदीय दुरुपयोगको आरोपमा भ्रष्टाचार निवारण ऐन बमोजिम स्रोत नखुलेको र स्रोत खुलेको सम्पत्ति मध्येबाट बिगो र जरिवाना जफतको मागदाबी लिइ शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

  • १९ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech