सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि दरबन्दी स्वीकृत

    • स्वास्थ्य पेज

  • १८ आश्विन २०८०, बिहीबार

नेपालगन्जः सरकारले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि दरबन्दी स्वीकृत गरेको छ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायका लागि १७२ जना अस्थायी दरबन्दी स्वीकृत गरेपछि क्यान्सर अस्पतालले अव स्थायी दरवन्दी पाउने भएको छ । यसअघि क्यान्सर अस्पतालमा काजमा स्वास्थ्यकर्मीले सेवा गर्दै आएका थिए ।

मन्त्रिपरिषदको बैठकले मन्त्रालय र अन्तर्गतका निकायका लागि अधिकृतस्तरको १७२ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको हो । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार स्वीकृत दरबन्दी चारवटा निकायलाई वितरण गर्ने गरी स्वीकृत भएको बताउनुभयो । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार स्वीकृत दरबन्दी चारवटा निकायलाई वितरण गर्ने गरी स्वीकृत भएको बताउनुभयो ।

उहाँका अनुसार अधिकृत तहका कर्मचारीहरुको दरबन्दी सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, गेटा मेडिकल कलेज, स्वास्थ्य बीमा बोर्ड र कान्ति बाल अस्पतालमा वितरण हुनेछ । यसअघि मन्त्रालयले ३०० भन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरिसकेको छ । मन्त्रालयले स्वीकृत अस्थायी दरबन्दीका कर्मचारीहरुको पदपूर्तिको काम अब छिटै अघि बढाउने उहाँले बताउनुभयो ।

  • १८ आश्विन २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech