नयाँ प्रविधिबाट मोतीबिन्दुको शल्यक्रिया

    • डा. सबिन ढकाल/मोतीबिन्दु र रिफ्राक्टिभ सर्जन

  • १७ आश्विन २०८०, बुधबार

मोतीबिन्दु भनेको आँखाको नानीको पछाडि देखिने सेतो धब्बा हो । जब हामी कुनै वस्तुलाई हेर्छौं, प्रकाशका किरण हाम्रो आँखाको नानी हुँदै रेटिनासम्म पुग्छन् । प्रकाशका किरण रेटिनामा पुग्नका लागि नानी सफा एवं पारदर्शी हुनुपर्छ । जुन लेन्स उमेर बढ्दै जाँदा धमिलो हुँदै जान्छ । जसले गर्दा आँखाको दृष्टि कमजोर हुँदै जान्छ र अन्धोपन आउँछ ।

यसको उपचार विधि के हो ?
यसमा शल्यक्रिया र पावरवाला चस्माको प्रयोग गरिन्छ । मोतीबिन्दु उमेरसँगै बढ्दै जाने भएकाले यसलाई कम गर्न सकिँदैन । त्योसँगै औषधि तथा आई ड्रपले यसलाई निको पार्न सकि“दैन । यसको एकमात्र विकल्प भनेको आँखाको शल्यक्रिया हो ।धमिलो भएको लेन्स निकालेर नयाँ सफा लेन्स लगाउनु नै मोतीबिन्दुको शल्यक्रिया हो ।

नयाँ प्रविधिबाट शल्यक्रिया
मोतीबिन्दुको शल्यक्रिया गर्दा आँखाको नानी वरपर भएको सेतो बादलजस्तो जालोलाई बाहिर फालेर त्यसको ठाँउमा कृत्रिम लेन्सको प्रत्यारोपण गरिन्छ । मोतीबिन्दु भएर वा मोतीबिन्दु पाक्नुअघि पनि निकाल्न सकिन्छ । पहिला मोतीबिन्दुको उपचार गर्दा धमिलो भएको लेन्सलाई ठेलेर पछाडि पठाइन्थ्यो, त्यसलाई काउचिङ भनिन्छ । यो शल्यक्रियाले आँखाको धमिलो लेन्स हटाइदिँदा अलिकति बढी प्रकाश भित्र छिर्ने भएकाले अन्धोपन हुँदैनथ्यो । त्यसपछि शल्यक्रिया नै गरेर धमिलो लेन्स निकाल्ने गरियो । धमिलो प्राकृतिक लेन्स निकाले पनि प्रस्ट देखिनका लागि त्यहाँ राख्न फेरि कृत्रिम लेन्स हाल्न थालियो ।  यसरी लेन्स हालेपछि उनीहरूले पहिलाजस्तो देख्न थाले । तर यसरी लेन्स हाल्दा घाउ पनि ठूलो बनाएर शल्यक्रिया गर्नुपथ्र्यो । पछिल्लो समय सानो प्वाल बनाएर शल्यक्रिया गरिन्छ । जसमा मेसिन छिराएर मोतीबिन्दु भएको लेन्सलाई घोलेर निकालिन्छ र त्यसमा फोल्ड गर्न मिल्ने लेन्स त्यस प्वालबाट छिराएर राखिन्छ ।सबै मोतिबिन्दुको शल्यक्रिया बिना सुई नयाँ प्रबिधिबाट मात्र गरिने नेपालको पहिलो अस्पताल एएसजी आई केयर हो । यो शल्यक्रिया गर्दा दुख्दैन, सुईको प्रयोग गर्नुपर्दैन, बिरामीलाई बेहोस बनाइराख्नु पर्दैन । आँखामा एक थोपा औषधि प्रयोग गरेपछि दुखाइ महसुस हुँदैन । बिरामीले चारदेखि २० मिनेटमा मोतीबिन्दुको शल्यक्रिया गरेर घर जान सक्छन् । यो भरपर्दो पनि हुन्छ ।

खर्च कति ?
मोतीबिन्दुको शल्यक्रिया गर्दा खर्च यति नै लाग्छ भनेर भन्न सकिँदैन। आँखामा कस्तो लेन्स प्रयोग गर्ने हो त्यसले खर्च निर्धारण गर्छ । यसमा कस्तो प्रकारको लेन्सको प्रयोग गर्ने हो सोहीअनुसारको खर्च लाग्छ । तिलगंगामा बन्ने लेन्स विश्वमै सस्तो लेन्स हो, जसको मूल्य १५ हजार पर्न जान्छ । बाहिरबाट आउने लेन्स महँगो पर्छ जसको मूल्य दुई लाख ५० हजार रुपैँया सम्म पर्छ । यसमा गुणस्तरीय मटेरियलको प्रयोग र राम्रो डिजाइन हुन्छ । अर्को एउटै लेन्समा नजिक र टाढा दुवै देख्न सकिन्छ, जुन लेन्सको प्रयोग गर्दा महँगो पर्न जान्छ । विश्व बजारमा तीन–चार वर्षअघिदेखि एल्कोन कम्पनीका पेनोप्टिक्स र भिभिटी दुईवटा लेन्स आएका छन्। यी गुणस्तरीय लेन्स ४० कटेका व्यक्तिलाई लगाउनै नपर्ने हुन्छ । यो लेन्सको प्रयोग मोतीबिन्दु भएपछि वा मोतीबिन्दु नभएर पनि लगाउन सकिन्छ । यी लेन्सको मूल्य दुई लाखदेखि दुई लाख १५ हजारसम्म पर्छ ।

  • १७ आश्विन २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech