औषधिसम्बन्धी बृहत् सम्मेलनको आयोजना

    • स्वास्थ्य पेज

  • १७ आश्विन २०८०, बुधबार

नेपालगन्जः नेपाल औषधि उत्पादक संघ (एपोन)ले औषधिसम्बन्धी बृहत् सम्मेलनको आयोजना गर्ने भएको छ । आगामी असोज २५ गते ‘फार्मा कन्क्लेभ २०२३’ नामक् सम्मेलन आयोजना गर्न लागिएको एपोनका कार्यालय सचिव गणेश शर्माले बताउनुभयो।

नेपाली औषधि उद्योगको विकास गर्न समयानुसार औषधिबारे कस्ता नीति बनाउने, औषधि बजारलाई सुधार कसरी गर्ने र अगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा सम्मेलन केन्द्रित रहने सचिव शर्माले जनाउनुभयो ।

यस सम्मेलनमा नेपाल, भारत, बंगलादेशलगायतका देशका विज्ञहरुको सहभागिता रहनेछ ।

  • १७ आश्विन २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech