व्यथा लागेकी गर्भवतीलाई भूकम्प आएपछि अस्पताल बाहिर निकालेर सुत्केरी गराइयो

    • स्वास्थ्य पेज

  • १७ आश्विन २०८०, बुधबार

नेपालगन्जः बझाङमा लगातार भूकम्पपछि एक जना व्यथा लागेकी गर्भवती महिलालाई बाहिर ल्याएर सुत्केरी गराइएको छ।

व्यथा लागेपछि जिल्ला अस्पताल बझाङमा भर्ना भएकी महिलालाई अस्पताल बाहिर ल्याएर सुत्केरी गराइएको हो।

भूकम्पछि अस्पतालभित्र असहज भएपछि उनलाई बाहिर ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ।

बझाङका धेरै जसो क्षेत्रमा भूकम्पका कारण भौतिक संरचनामा क्षति भएको छ। २ बजेर ४० मिनेटमा ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।

  • १७ आश्विन २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech