सगरमाथा ज्ञानपुञ्जका छात्राहरुलाई आत्मरक्षा तालिम

    • स्वास्थ्य पेज

  • १६ आश्विन २०८०, मंगलवार

कोहलपुरः कोहलपुर नगरपालिका–४ रझेनास्थित सगरमाथा ज्ञानपुञ्जका छात्राहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । कोहलपुर नगर खेलकुद विकास समितिको आयोजना तथा कोहलपुर नगरपालिकाको समन्वयमा माध्यामिक विद्यालय तहका छात्राहरुलाई तालिम प्रदान गरिएको हो ।

खेलकुद विकास समितिका संयोजक बुद्धि बहादुर थापाका अनुसार छात्राहरुको आत्मरक्षाका लागि तालिम प्रदान गरिएको हो । पछिल्लो समय बालिका तथा किशोरीहरु विभिन्न दुव्र्यवहारमा पर्न थालेपछि उनीहरु कम्तिमा पनि त्यसको प्रतिकार गर्न सकुन भन्ने उद्देश्यका साथ तालिम प्रदान गरिएको उहाँको भनाइ छ ।

तालिम कार्यक्रममा सहभागी कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले छात्राहरुलाई आफ्नो सुरक्षाका लागि सुरक्षित रहन यो तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले तालिमपछि दुव्र्यवहार विरुद्ध उनीहरुले प्रतिकार गर्न सक्ने आत्मबल बढ्ने र सुरक्षित हुने वातावरण सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कोहलपुर नगर शिक्षा प्रमुख रामबहादुर हमाल, नेपाल शिक्षक संघ कोहलपुरका अध्यक्ष दिपक कुमार मल्ल, विद्यालयका प्रधानाध्यापक मोहन चौधरीलगायतले बोल्नुभएको थियो ।

यसअघि हिंजो यस्तै तालिम ज्ञानज्योति मावि चप्परगौडीका छात्राहरुलाई प्रदान गरिएको थियो । दुई वटा विद्यालयका पाँच सय किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ ।

  • १६ आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech