सुशील कोइराला क्यान्सर अस्पतालको निरीक्षणपछि स्वास्थ्यमन्त्री बस्नेत र खनालले के भन्नुभयो ?

    • स्वास्थ्य पेज

  • १६ आश्विन २०८०, मंगलवार

नेपालगन्जः बाँकेको खजुरास्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पतालको निरिक्षणपछि भएको छलफलमा मन्त्री बस्नेतले जनशक्ति, भवन, उपकरण सबै अस्पतालमा चाहिएको बताउनुभयो । उहाँले दक्ष जनशक्ति थप्न अर्थ मन्त्रालय सहमत भएको पनि बताउनुभयो । क्यान्सर अस्पतालमा अहिलेसम्म एक जना पनि दरवन्दी छैन । सबै स्वास्थ्यकर्मी काजमा छन् । स्वास्थ्य क्षेत्रमा देखिएको समस्या जनशक्ति कम भयर नै भएको मन्त्री बस्नेतको भनाइ छ ।

क्यान्सर अस्पतालको अस्थायी दरवन्दी स्वीकृत क्याबिनेटमा गएको जानकारी दिँदै उहाँले आजै निर्णय हुने पनि बताउनुभयो । स्थानीयले मुठिदान गरेर क्यान्सर अस्पताल स्थापना गरेको भन्दै उहाँले यो अस्पताल यहाँका नागरिकको लागि सम्पति भएको बताउनुभयो । ‘यो सम्पती यहिकै हो, यहाँँका नागगरिकले नै राम्रो गराउने हो उहाँले भन्नुभयो-‘हामी त देशभरका अस्पताल हेर्ने हो ।’ दुर्गमका नागरिकले पनि अहिले डाक्टर देख्न पाएको उहाँको भनाइ छ । उहाँले अस्पतालमा आएका उपकरणहरुजडान गरेर चलेपछि मात्रै रकम दिइने पनि उहाँले बताउनुभयो । अस्पतालका केही उपकरण खरिदमा देखिएको अनियमितताबारे छानबिन समितिले प्रतिवेदन बुझाइसकेकाले त्यसको अध्ययन भइरहेको पनि उहाँको भनाइ छ ।

यस्तै लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले जनशक्ति, उपकरण र भवनको समस्यानै स्वास्थ्य क्षेत्रको समस्या भएको बताउनुभयो । प्रदेश सरकारले अहिले यसैमा काम गरिरहेको पनि उहाँको भनाइ छ । भएका स्रोत साधन परिचालन गरेर तीनै तहका स्वास्थ्य सेवा सुदृढ गर्ने प्रयास भइरहेको पनि उहाँले जानकारी दिनुभयो । सिकलसेलको उपचार सेन्टर लुम्बिनि गराउने गरि काम भैरहेको पनि मन्त्री खनालले बताउनुभयो ।

  • १६ आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech