डा ओममूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ एक हप्तामै पाँच हजार कपी बिक्री

    • स्वास्थ्य पेज

  • १६ आश्विन २०८०, मंगलवार

नेपालगन्जः डा ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ पहिलो सातामै राम्रो बिक्री भएको छ। पुस्तक बजारमा आएको एक साताको अवधिमा पाँच हजारभन्दा बढी कपी बिक्री भएको प्रकाशन गृहले बताएको छ।

‘जीवन्त सम्बन्ध’ पुस्तक असोज ५ गतेदेखि बजारमा आएको हो। पुस्तकको बजार घटिरहेको समयमा डा अनिलको पुस्तकले राम्रो बजार लिएको हो। सामाजिक सञ्जालमा चर्चा र पाठकबाटै सिफारिस हुन थालेपछि बजारमा डा ओममूर्तिको ‘जीवन्त सम्बन्ध’ किताबको माग बढेको पुस्तकको वितरक समीक्षा पब्लिकेसनका मोहन आचार्यले बताउनुभयो ।

आचार्यका अनुसार पाठकहरूमा पुस्तकप्रतिको उत्सुकता र व्यग्रता फरक किसिमको देखिएको छ। जसका कारण सुस्ताएको नेपाली पुस्तकको बजारलाई ‘जीवन्त सम्बन्ध’ले फेरि गर्माउने संकेत देखिएको छ।

व्यक्ति, परिवार, समाज र राष्ट्रलाई समेट्दै सम्बन्धको महत्व तथा व्यक्तिको दायित्वलाई डा ओममूर्तिले आफ्नै सुख, दुःख र भोगाइका माध्यमबाट किताबमा पस्कनु भएको छ। जसलाई पाठकले रुचिपूर्वक लिएका छन्।

  • १६ आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech