स्वास्थ्यमन्त्री बस्नेत भोलि बाँके आउँदै

    • स्वास्थ्य पेज

  • १५ आश्विन २०८०, सोमबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत भोलि बाँके आउन लाग्नुभएको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल निरीक्षणका लागि स्वास्थ्यमन्त्री बस्नेत बाँके आउन लाग्नुभएको हो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री बस्नेत दिउँसो श्री एयरलायन्सबाट नेपालगन्ज आउन लाग्नु भएको नेपाली काँग्रेस बाँकेका सचिव शुधान्शु कोइरालाले जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले खजुरा क्यान्सर अस्पतालको अनुगमनसँगै नयाँ पोष्टअपरेटर र बालकयान्सर वार्डको उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालका निर्देशक डा. निरज भट्टराईले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्री भइसकेपछि बाँके आउन लागेको यो दोस्रो पटक हो । यसअघि उहाँले भेरी अस्पतालको निरीक्षण गर्नुभएको थियो ।

  • १५ आश्विन २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech