बेलायत पलायन हुने सपना त्यागेर नेपालगन्जमा जम्दैं नाक, कान, घाँटी रोग विशेषज्ञ डा.झा

    • स्वास्थ्य पेज

  • १५ आश्विन २०८०, सोमबार

कृष्ण अधिकारी/हेल्थ आवाज 

मौसममा भइरहने फेरबदल हुँदा फैलने भाइरल इन्फेक्सन, वायु प्रदुषणका कारण बढ्दैं गएको धुवा, धुलो र चर्को ध्वनीका कारण उत्पन्न हुने स्वास्थ्य समस्या बढ्दै गएको छ । रुघाखोकी, ज्वरो, पिनास, शरीरका विभिन्न अंगहरुमा हुने एलर्जी, कानमा हुने विभिन्न किसिमका संक्रमणका कारण कम सुन्ने, कान पाक्नेलगायतका समस्याहरुको उपचार गर्ने विशेषज्ञ चिकित्सक अर्थात इएनटी सर्जनको संख्या अझै पनि नेपालमा निक्कै कम छ । पछिल्लो तथ्यांकअनुसार १ लाख ५० हजार जनसंख्या बराबर नेपालमा एक जना ईएनटी सर्जन छन् । तीमध्ये अधिकाश ईएनटी सर्जन राजधानी र सुविधासम्पन्न सहरमा छन् । अझै पनि नेपालका अधिकांश जिल्ला अस्पतालहरुमा ईएनटी सर्जनको दरबन्दी छैन । नाक, कान, घाँटी रोग सम्बन्धी स्वास्थ्य समस्याको उपचारका लागि प्रादेशिक वा केन्द्रीय अस्पताल तथा ठूला सहरहरुमा रहेका निजी स्वास्थ्य संस्थाहरुमा पुग्नुपर्ने बाध्यता छ । तर, मोफसलमा रहेर सेवा दिने थोरै विशेषज्ञ चिकित्सकहरुमध्ये एक हुनुहुन्छ—डा.आनन्द झा ।

मानसिक रोग विशेषज्ञको रुपमा जनकपुरबाट बेलायतमा गएर उतै सेटल भएका आफ्ना मामालाई पच्छाउदै डाक्टर बनेर बेलायत जाने लक्ष्य राख्नु भउका डा.आनन्द झाले पढाइमा मेहनत गर्नुभयो । जनकपुरको सरस्वती माविबाट वि।सं। २०५२ मा एसएलसी र जनकपुरकै रामस्वरुप सामसागर बहुमुखी क्याम्पसबाट आईएस्सी गर्नुभयो । डाक्टर बन्ने लक्ष्य पूरा गर्नका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएसका लागि इन्ट्रान्स दिनुभयो । पहिलोपल्ट मै आनन्दको पूर्ण छात्रवृत्तिमा नाम निस्कियो । सन् २००३ मा उहाँ डाक्टरी सपना पछ्याउँदैं एमबीबीएस पढ्न विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुनुभयो । त्यहाँबाट सन् २००८ मा उनले एमबीबीएस पास गर्नुभयो । एमबीबीएस पास भएपछि केही समय छात्रवृत्ति करारमा सेवा गर्नुभयो । त्यसपछि बेलायत जाने तयारी गर्नुभयो ।

बेलायतबाट केही समयका लागि नेपाल फर्किएका मानसिक रोग विशेषज्ञ मामा डा.अरुणकुमार झालाई भेटेर आफ्नो बेलायत जाने सपना सुनाउनुभयो। मामाले सम्झाउँदैं बेलायत न जान र आफ्नै देशमा सरकारी जागिर खाएर स्वदेशमै नाम र दाम कमाउन सल्लाह दिनुभयो । आफू बेलायत गएर त्यतै सेटल भएपनि खुसी हुन नसकेको अनुभव सुनाउनुभयो । धनीको देशमा गएर गरिब भएर लो प्रोफाइलमा बस्नुभन्दा आफ्नै देशमा छिमेकीहरुको तुलनामा धनी र सुविधासम्पन्न भएर बस्दा खुसी र सुखी हुन सकिने अनुभव उहाँले बाँड्नुभयो । बेलायतमा सेटल भएपनि आफू बस्ने घर अन्य छिमेकीभन्दा कम सुविधा र सानो भएको बताउँदैं आफ्नो सामाजिक जीवनको दायरा निकै साँघुरो भएको सुनाउनुभयो । बेलायतमै हुर्किएका छोराहरु आफूहरुलाई छाडेर छुट्टै बस्न सुरु गरको बताउँदै अन्य बेलायती नागरिकका छोराहरुजस्तै व्यवहार आफ्ना छोराहरुमा पनि देखिन थालेको उहाँको अनुभव थियो । बेलायतमै सेटल भएपनि खुसी र सुखी हुन नसकेको मामाको अनुभव सुनेपछि डा.आनन्दले बेलायत जाने र उतै सेटल हुने सपना त्यागेर आफ्नै मातृभूमी मै करियर बनाउन सुरु गर्नुभयो ।

केही समय काम गरेर अनुभव हासिल गरेर सरकारी जागिर खाने लक्ष्य बनाए । सरकारी सेवामै प्रवेश सोच बनाएका बेला आफैले पढेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै मेडिकल अफिसरको रुपमा काम गर्ने अवसर पाउनुभयो । लोकसेवा आयोगले पनि त्यति नै बेला मेडिकल अधिकृतको विज्ञापन ग¥यो । वि.सं. २०६२ ०६३ को जनआन्दोलन भर्खरै सकिएको थियो । विज्ञापन समावेसी नभएको मधेशी, जनजाति र दलितहरुका लागि आरक्षण नगरिएको भन्दै अदालतमा मुद्दा प¥यो । मुद्दाको फैसला हुनै करिब ४ वर्ष लाग्यो । अदालतमा मुद्दा परेका कारण लोकसेवा पास गरेर सरकारी जागिर खाने चाहना पूरा गर्न केही समय पर्खनुपर्ने भयो । धरानमै काम गरिरहेका बेला नेपाल प्रहरीका एक जना डिएसपी बिरामी भएर उपचारका लागि भर्ना हुनुभयो । उपचारका क्रममा केही दिन भर्ना भएका नेपाल प्रहरीका डिएसपीले नेपाल प्रहरीमा डाक्टरको विज्ञापन खुलेको भन्दै फारम भर्न सल्लाह दिनुभयो ।

फारम भर्नका लागि सहयोग गर्नुभयो । केही समयपछि परीक्षा भयो । परीक्षामा पास हुनुभयो । परीक्षा पास गरेपछि करिब ४ महिना फिजिकल फिटनेशलगायत प्रहरी अधिकृत सम्बन्धी शारीरिक विशेष तालिम गर्नुभयो । ‘प्रहरी अधिकृतको फिजिकल फिटनेशसहितको तालिम त मलाई एमबीबीएस पढाइभन्दा पनि गाह्रो लाग्यो,’ डा.झा सुनाउनुहुन्छ, ‘गाह्रै भएपनि तालिम पूरा गरेर प्रहरी सेवामा मेडिकल अफिसर इन्स्पेक्टरको रुपमा करियर सुरु गनुृभयो ।’ करिब ८ वर्ष मेडिकल अधिकृतका रुपमा प्रहरी अस्पताल महाराजगन्जमा काम गर्नुभयो । प्रहरी अस्पतालमा काम गरिरहेका बेला सरकारी छात्रवृत्ति कोटामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० वीर अस्पतालमा ईएनटी सर्जन पढ्ने अवसर पाउनुभयो । वि.सं. २०७२ सालमा विशेषज्ञता हासिल गर्न न्याम्स जानुभयो ।

वि.सं.२०७५ मा उहाँले न्याम्सबाट ईएनटी सर्जनको अध्ययन पूरा गर्नुभयो । अध्ययन पूरा गरेको केही समयभित्र प्रहरी निरिक्षकबाट प्रहरी नायब उपरिक्षक (डिएसपी)मा बढुवा भयो । बढुवा भएको केही समयपछि प्रहरी अस्पताल महाराजगन्ज काठमाडौंबाट प्रहरी अस्पताल नेपालगन्जमा सरुवा भयो । वि.सं. २०७५ पुसदेखि डा.झा ईएनटी सर्जको रुपमा नेपालगन्जमा कार्यरत रहनु भएको छ । कार्यालय समयपछि उहाँ नेपालगन्जको निजी स्वास्थ्य संस्थामा पनि बिरामीको चेकजाच र सर्जरीसहितको उपचार सेवा दिदैं आउनुभएको छ । करिब ४ वर्षकै अवधिमा डा.झाले नेपालगन्जमा अब्बल ईएनटी सर्जनको रुपमा आफूलाई स्थापित गराउनुभयो । ईएनटी सर्जनको रुपमा राम्रो परिचय बनाएका डा.झाले नेपालगन्जलगायत छिमेकी जिल्लाका हजारौं बिरामीको सफल उपचार गरेर मन पनि जित्नुभएको छ । नेपालगन्जको भेरी, नेपालगन्ज मेडिकल कलेज, प्रहरी अस्पतालमा गरी करिब एक दर्जन ईएनटी सर्जन छन् ।

डा.झाले भने सहकर्मीहरुको टिम बनाएर नेपालगन्जमै ईएनटी सम्बन्धी ठूला र जटिल प्रकृतिका सर्जरीसमेत गर्दै आउनुभएको छ। डा.झाको अनुभवमा नेपालमा ईएनटी सम्बन्धी स्वास्थ्य समस्याको मुख्य कारण चार वटा छन् । पहिलो सरसफाइमा हेलचेक्र्याई, दोस्रो साँघुरो घर तथा कोठामा परिवारका धेरै सदस्य बस्नुपर्ने बाध्यताका कारण हुने संक्रमण, तेस्रो स्वास्थ्य शिक्षा सम्बन्धी आधारभूत ज्ञानको कमी र चौथो समयमै सही उपचार नहुनु हो । ‘नाक, कान, घाँटी सम्बन्धी करिब ८० प्रतिशत स्वास्थ्य समस्याको सुरुवात रुघाखोकीबाट हुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘त्यसैले रुघाखोकी त हो नि आफै ठिक भइहाल्छ भनेर हेलचेक्रयाई गर्नु हुँदैन् ।’

  • १५ आश्विन २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech