अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी राखिन्छः स्वास्थ्यमन्त्री बस्नेत

    • स्वास्थ्य पेज

  • १२ आश्विन २०८०, शुक्रबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षाका लागि सरकारले अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी राख्ने बताउनुभएको छ ।

शुक्रबार संसदीय समितिमा सांसदहरुका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले चिकित्सकको सुरक्षाका लागि सरकार गम्भीर भएको बताउनुभयो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सकको सुरक्षाका लागि अस्पतालमा सुरक्षाकर्मी राख्नेबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बिहीबार छलफल भएको जानकारी दिनुभयो।

गृहमन्त्रीसँगको छलफलमा चिकित्सकहरु असुरक्षित ठानिएका अस्पतालहरूमा ६ देखि ७ जनासम्म हतियारसहित सुरक्षाकर्मी राख्ने समझदारी भएको जानकारी गराउनुभयो ।

  • १२ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech