नेपालगन्ज: आन्दोलनरत डाक्टर र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ ।
आज साँझ ६ बजेदेखि गृह मन्त्रालयमा करिब ३ घण्टा भएको वार्ता निष्कर्षविहीन बनेको हो । सरकारले डाक्टरहरुलाई जारी आन्दोलन फिर्ता लिन दबाब दिएको आन्दोलनमा सहभागी डाक्टरहरुले बताएका छन् ।
मणिपाल अस्पतालका प्रतिनिधिहिरु आएपछि आफूहरु टुंगोमा पुग्ने उनीहरुले बताए । उनीहरुले मन्त्रालयमा दुई पेजको आफ्ना मागहरु पनि बुझाएका छन् ।