कोहलपुरका संचारकर्मी रिजाललाई स्वास्थ्य शाखा प्रमुखको अमर्यादित भाषा

    • स्वास्थ्य पेज

  • ११ आश्विन २०८०, बिहीबार

नेपालगन्जः समाचारको विषयलाई लिएर कोहलपुर टाइम्स अनलाइनका संचारकर्मी प्रमोद रिजाललाई कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले अमर्यादित र अपशब्द बोल्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघ सहित आस्थाका संगठनहरुले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

कोहलपुर नगर अस्पतालको सेवा सुविधाका विषयमा प्रकाशित समाचारलाई लिएर स्वास्थ्य शाखा प्रमुख ठकुरीले फोनमार्फत् संचारकर्मी रिजाललाई अमर्यादित र अपशब्द प्रयोग गर्नु स्वभनीय विषय नभएको भन्दै घटनाको छानविनगरी दोषीमाथि कारवाहीको माग गरेका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखा, नेपाल प्रेस युनियन बाँके, नेपाल प्रेस चौतारी बाँकेलगायतका संघसंस्थाले छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै जिम्मेवार तहमा बसेका कर्मचारीबाट संचारकर्मी रिजालमाथि भएको यसप्रकारको घटनाप्रति दुःख समेत व्यक्त गरेका छन् ।

‘समाचारका विषयमा चित्त नबुझे विधिसम्मत बाटोबाट समाधान खोज्न सकिन्छ । जिम्मेवार तहमा बसेका कर्मचारीबाट संचारकर्मी रिजालमाथि भएको यसप्रकारको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको यथार्थता छानविनको माग गर्दछौं विज्ञप्तिमा अगाडि भनिएको छ-‘प्रेस स्वतन्त्रताको सम्मान र पत्रकारलाई सुरक्षितरुपमा काम गर्ने वातावरण बनाउन सम्बद्ध सरोकारवाला पक्षसँग अनुरोध पनि गर्दछौं ।’

  • ११ आश्विन २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech