बाँकेका डाक्टरहरु सुरक्षा माग्दै यसरी निस्किए सडकमा (फोटोसहित)

    • स्वास्थ्य पेज

  • ११ आश्विन २०८०, बिहीबार

नेपालगन्जः चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृङखलाबद्धरुपमा आक्रमण हुन थालेपछि आन्दोलित बनेका बाँकेका डाक्टरहरु सडकमा आएका छन् ।

नेपाल चिकित्सक संघको नेतृत्वमा बाँकेका सरकारी तथा निजी अस्पतालका डाक्टरहरु काम छाडेर सडकमा आएका  हुन् ।

चिकित्सकमाथि सुनियोजितरुपमा गरिएका सांघातिक आक्रमणले ढुक्क भएर बिरामीको सेवा गर्ने अवस्था नरहेपछि आन्दोलनमा उत्रनु परेको आन्दोलित डाक्टरले बताए ।

सरकारले दोषीमाथि कारवाही गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने नेपाल चिकित्सक संघ बाँकेका अध्यक्ष डा बिनोद कुमार थापाले जानकारी दिनुभयो ।

आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेर डाक्टरहरु आन्दोलनमा उत्रिएपछि बिरामी मर्कामा परेका छन् । पोखरा, हेटौडा, गुल्मी, मोरङलगायतका जिल्लामा श्रृङखलाबद्धरुपमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । पछिल्लो पटक मणिपाल अस्पताल पोखरामा सहकर्मी कुटिएपछि डाक्टरहरु सुरक्षा खोज्दै आन्दोलनमा छन् ।

  • ११ आश्विन २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech