नेपालगन्ज मेडिकल कलेजलाई एमबीबीएसमा १०० सिट, अरु कलेजलाई कति?

एमबीबीएसमा १९२५, बिडिएसमा ५४५ सिट


    • स्वास्थ्य पेज

  • १० आश्विन २०८०, बुधबार

नेपालगन्जः चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण गरेको छ। आयोगले एमबीबीएसमा १९२५ सिट निर्धारण गरेको छ भने बिडिएसतर्फ ५४५ सिट बाँडफाँड गरेको छ। नेपालगन्ज मेडिकल कलेजले १०० सिट पाएको छ ।

एमबीबीएस अध्यापनका लागि विराट मेडिकल कलेज, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, केयु स्कुल अफ मेडिकल साइन्सेज १००/१०० सिट पाएका छन्।

यसैगरी, लुम्बिनी मेडिकल कलेज, महाराजगन्ज मेडिकल क्याम्पस, मणिपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, नेपालगन्ज मेडिकल कलेज, नोबेल मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले पनि १००/१०० सिट पाएका हुन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने एमबीबीएसमा ६५ सिट अध्यापन गर्ने अनुमति पाएको छ भने देवदह मेडिकल कलेजले ६० सिट पाएको छ। जानकी मेडिकल कलेज र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५०र५० सिटमा अध्यापन गराउने अनुमति पाएका छन्। बिडिएसतर्फ ५ वटा कलेजलाई ५०/५० सिट पढाउने अनुमति दिइएको छ।

जसमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्तिपुर डेन्टल कलेज, केयु स्कुल अफ मेडिकल साइन्सेज, पिपुल्स डेन्टल कलेज र युनिभर्सल मेडिकल कलेज रहेका छन्। बिडिएमा चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, काठमाडौं मेडिकल कलेज र नेपाल मेडिकल कलेजले ४०/४० सिट पाएका छन्। बिएएमएसतर्फ ३ कलेजलाई १०० सिट बाँडफाँड गरिएको छ। यसैगरी, गण्डकी मेडिकल कलेजले ३०, किष्ट मेडिकल कलेजले ३५, नोबेल मेडिकल कलेज ३०, महाराजगन्ज मेडिकल क्याम्पस २५ र नेशनल मेडिकल कलेजले १५ सिट पाएका छन्।

  • १० आश्विन २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech