क्यान्सरसँग जुध्दै कलाकार श्यामानन्द, उपचार सहयोगार्थ अपील

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०८०, मंगलवार

नेपालगन्ज : नेपालगन्जका स्रष्टा श्यामानन्द सिंह ठकुरी अहिले क्यान्सरसँग जुधीरहनु भएको छ । ६९ वर्षिय वरिष्ट कलाकार सिंहको एक महिना अघि पेटको आन्द्रामा क्यान्सर देखिएपछि अहिले विपी कोइराला मेमारियल क्यान्सर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ ।

हस्तकला, चित्रकला, गीत/संगीत, साहित्य र नाटय लगायतका सिर्जनात्मक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार सिंह ठकुरी यतिबेला मृत्यूसँग संर्घषरत हुनुहुन्छ । सिंहले नेपालगन्ज– ९ बाँकेगाउँस्थित आफनो घरको दोस्रो तलाका चार कोठालाई वर्षौदेखि संग्राहलय बनाउनु भएको छ ।

कला पारखी , शुभेच्छुक एवं आम नागरिकका लागि उहाँले नि:शुल्क अवलोकनको अवसर दिदै आउनु भएको थियो । संग्रहालयमा सिंहद्धारा सिर्जीत हस्तकला, चित्रकलाका सयौं सिर्जनाहरु राखिएका छन् ।

जीवन भर कला र सिर्जनामै तल्लीन ठकुरीलाई यतिबेला उपचारमा आर्थिक अभाव छ । कान्छा छोरा सागरसिंह ठुकरीका अनुसार यही हप्ताभित्र शल्यक्रिया गरिनुपर्ने भएकाले पैसाको जोहो गर्नै मुस्किल छ । सिंहको घरमा मान सम्मान, प्रमाण पत्र सयौं छन् तर यतिबेला उहाँलाई आर्थिक सहयोग चाहिएको छ ।

आर्थिक सहयोग गेरर बाबाको जीवन बचाइ दिन छोरा सागरले अपील गर्नुभएको छ । सहयोगका लागि श्यामानन्द सिंह, ग्लोवल आइएमइ बैंक खाता ०२१०८०१००००२९४ नम्बर र इसेवा आईडी ९८४८०१८८२७, खल्ती आईडी ९८५१०३९४२७ मा जम्मा गर्न सक्नु हुने छ ।

क्यान्सरले थलीएका ठकुरीको अन्तिम इच्छा र कामना छ –` घरको संग्राहलयलाई राज्यले संरक्षण गरेर कहीं स्थापीत गरिदियोस् ।´

झन्डै सय सडक नाटक लेखन र अभिनय गरिसक्नु भएका सिंह ठकुरीले टेलिसिरियल ‘अभागन बने सुहागन’को कथा लेख्नुका साथै कलाकारको भूमिका निर्वाह गर्नु भएको थियो । सो टेलिसिरियल नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र, कोहलपुरबाट प्रसारण भएको थियो ।

  • ९ आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech