चिकित्सकमाथि हातपात गर्ने वडाध्यक्ष पक्राउ

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०८०, मंगलवार

नेपालगन्जः लमजुङ जिल्ला अस्पतालका डाक्टर सन्दीद अधिकारीलाई हातपात गर्ने व्यक्ति वेसीशहर नगरपालिका ७ का वडाध्यक्ष ऋषि बस्नेत पक्राउ परेका छन्।

वडाध्यक्ष बस्नेतले गएराति अस्पतालमै डा. अधिकारीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिनुभयो । डाक्टरसँगको विवादपछि वडाध्यक्षले मुक्का प्रहार गरेको चपाईंले बताउनुभयो।

घटना मिलाउन बिहानैदेखि छलफल भएको थियो। तर, मिल्न नसकेपछि डाक्टरहरुले उजुरी दिने तयारी गरेको लमजुङ प्रहरीका सूचना अधिकारी चपाईंले बताउनुभयो ।

  • ९ आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech