मणिपालका चिकित्सक आन्दोलित, एक साता सेवा बन्दको घोषणा

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०८०, मंगलवार

नेपालगन्जः पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरुले एक साताका लागि सेवा बन्द गरेका छन्। चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही नभएसम्मका लागि आफूहरुले सुरक्षित भएर काम गर्न नसक्ने भन्दै सेवा बन्दको घोषणा गरेका हुन्।

सोमबार साँझ आवासिय तथा इन्टर्न चिकित्सहरुले एक सूचना जारी गर्दै चिकित्सकमाथि हातपात गर्नेलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने र दोषीलाई बिना धरौटी जेल चलाउनको कानुनी सुनिश्चितता नभएसम्मका लागि सेवा दिन नसक्ने बताइएको छ।

उनीहरुले उक्त कुराको सुनिश्चितता नभएसम्मका लागि अस्पतालमा प्रदान गरिँदै आएको ओपीडी, वार्ड, आइसीयू, आकस्मिक प्रयोगशालालगायतका सेवा बन्द गरिएको जानकारी दिएका छन्।

अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका थिए। लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो। दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोडसमेत गरेका छन्।

384075204_198312916598624_632682690229681350_n1695658549.jpg

  • ९ आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech