डाक्टरमाथि आक्रमण गर्ने एक जना पक्राउ

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०८०, मंगलवार

नेपालगन्जः पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण गर्ने पोखरा महानगरपालिका ५ मालेपाटनका बिनय गुरुङ पक्राउ परेका छन् । उनलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन अनुसार अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो ।

प्रहरीले चिकित्सकको तर्फबाट नाराबाजीमा संलग्न फिस्टेल अस्पतालका डा दिनेशकुमार बिकलाई समेत नियन्त्रणमा लिएको थियो। उनलाई भने प्रहरीले छाडिसकेको छ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले डाक्टरमाथि आक्रमण भएको थियो। लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो। दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोडसमेत गरेका थिए।

  • ९ आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech