ताल्चा विमानस्थलमा अलपत्र पारिएका डाक्टरलाई ल्याउन जहाज पठाइयो

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०८०, मंगलवार

नेपालगन्जः कर्णालीमा कार्यक्रम गरेर फर्किने क्रममा मुगुको ताल्चा विमानस्थलमा अलपत्र पारिएका १६ जना चिकित्सकलाई ल्याउन नेपाल एअरलाइन्सको जहाज पठाइएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले तत्काल जहाज पठाउने व्यवस्था गरिएको बताउनुभयो ।

‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरुको खबरले दुःखित बनायो। गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ’- उहाँले फेसबुकमा लेख्नुभएको छ ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरू उक्त जहाजबाट नेपालगन्ज फर्किने भएपछि चिकित्सक रोकिएका हुन्।

उक्त टोलीमा रहेका डा प्रमोद लामिछानेले बिहान जहाज चढ्ने क्रममा एकाएक केही माओवादी नेताहरु समेत लैजानुपर्ने भएकाले सवैलाई लिन नसकिने बताएको जानकारी दिनुभयो ।

  • ९ आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech