मुगुमा बुक गरिसकेको टिकट माओवादी नेतालाई, टिकेट काटेका १६ जना डाक्टर अलपत्र

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०८०, मंगलवार

नेपालगन्जः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कन्फ्रेन्स गरेर फर्किने क्रममा १६ जना चिकित्सक मुगुमा अलपत्र परेका छन्। सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका नेताहरूका कारण उनीहरु त्यहाँ अलपत्र परेका हुन्।

उक्त टोलीमा रहेका डा प्रमोद लामिछानेले बिहान जहाज चढ्ने क्रममा एकाएक केही माओवादी नेताहरु समेत लैजानुपर्ने भएकाले सबैलाई लिन नसकिने बताएको जानकारी दिनुभयो । आफूहरु १६ जना भएकाले केही मात्रै नजाने भनिएपछि छाडेर समिट एअरको जहाज उडेको उहाँको भनाइ छ ।

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव, कर्णाली प्रदेशका निवर्तमान मुख्य मन्त्री महेन्द्र शाही, सहितका नेताहरू उक्त जहाजबाट नेपालगन्ज फर्केको बताइएको छ।
चिकित्सकहरुको समूहले दुई हप्ताअघि नै आउने जाने टिकट लिएको थियो। उक्त टोलीमा डा विमल पाण्डे, डा व्यापक पौडेल, डा सुरज बज्राचार्य, डा गौरव ढकाललगायत रहनु भएको छ ।

  • ९ आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech