फेरि डाक्टर कुटिएपछि संघले भन्यो– कारबाही नभए परिस्थितिको सामना गर्न तयार हुनू

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०८०, मंगलवार

नेपालगन्जः पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सक डा.अनिल शाहमाथि हातपात भएपछि नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले सोमबार राति एक विज्ञप्ति जारी गर्दै निरन्तररूपमा चिकित्सकमाथि शारीरिक हातपात हुँदा देशभरका स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाइ भएको जनाएको छ ।

संघद्ये दोषीलाई कारबाही नगरिए नियमित स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण गम्भीररूपमा प्रभावित हुने चेतावनी पनि दिएको छ । ‘चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति राज्यको तर्फबाट हुँदैन भने नियमित स्वास्थ्य सेवा प्रवाहमा आउन सक्ने अस्वाभाविक परिस्थितिप्रति नेपाल सरकार जिम्मेवार हुनुपर्ने छ’-संघले भनेको छ ।

अस्पतालमा उपचार गर्ने क्रममा लमजुङको सुन्दरबजार नगरपालिका–७ का ५७ वर्षीय बिरामी सुकमाया दुराको सोमबार दिउँसो मृत्यु भएको थियो । उहाालाई लमजुङबाट उपचारका लागि बिहान मणिपालमा ल्याइएको थियो । उहाँको निधनपछि आक्रोशित मृतकका आफन्तले डाक्टरमाथि हातपात गरेको प्रहरीले जनाएको छ । आफन्तहरूले चिकित्सकको लापरबाहीका कारण निधन भएको आरोप लगाएका छन् ।

  • ९ आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech