पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि हातपात

    • स्वास्थ्य पेज

  • ८ आश्विन २०८०, सोमबार

काठमाडौं: हेटौंडामा चिकित्सकमाथि कुटपिट भएको घटना सेलाउन नपाउँदै फेरि चिकित्सकलाई हातपात भएको छ । आज पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि हातपात भएको हो ।

अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि त्यहाका चिकित्सकमाथि हातपात भएको हो । लमजुङ सुन्दरबजार नगरपालिका–७ का २७ बर्षीय बिरामी सुकमाया दुराको आज दिउँसो मृत्यु भएपछि उनका आफन्तले चिकित्सकमाथि हातपात गरेको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

आइसियुमा भर्ना भएर उपचार गराइरहेकी सुकमायाको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड गर्दै चिकित्सकमाथि हातपात गरेका हुन् ।

मणिपाल अस्पतालमा तनाव सृजना भएपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

 

  • ८ आश्विन २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech