१४ जना मेरुदण्ड विशेषज्ञ चिकित्सकको टोली जुम्लामा

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०८०, आईतवार

नेपालगन्जःकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मेरुदण्डको विशेषज्ञ चिकित्सक टोली पुगेको छ । एसोसियसन अफ स्पाइन सर्जन अफ नेपालका पूर्वअध्यक्ष डा. विमलकुमार पाण्डेले टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरुलाई मेरुदण्डको उपचार बारे सहजीकरण गरेको छ । ‘कर्णालीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ ।

मेरुदण्डका बिरामीहरु यस क्षेत्रमा धेरै छन्,’ पूर्वअध्यक्ष डा.पाण्डेले भन्नुभयो, ‘तर, यातायातको समस्याले अस्पतालसम्म बिरामी लैजान कठिन छ । मेरुदण्डको घरदैलो सेवा र अस्पतालमा उच्चस्तरीय सेवा सञ्चालनका लागि टोलीले छलफल गरेको छ ।’ उहाँले जटिल प्रकारको मेरुदण्डको उपचार जुम्लामै होस भन्ने आफूहरुको चाहना रहेको बताउनुभयो । ‘जसका लागि विशेषज्ञ चिकित्सकलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको आवश्यक हुन्छ,’ उहाँले भन्नुभयो।

टोलीले एक दिन भएपनि ज्ञान आदान—प्रदान गरेर विशेषज्ञहरुको क्षमता विकासमा सहयोग गरेको उहाँको भनाइ छ । डा.पाण्डेकाअनुसार विहान सैद्धान्तिक कक्षा लिएर दिउँसो व्यवहारिक अभ्यास गरेर जुम्लामा कार्यरत विशेषज्ञ चिकित्सकहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम गरिएको छ । पहिलो चरणमा मेरुदण्डको चोटपटक लागेकाहरुलाई गर्ने उपचार र क्षयरोगको संक्रमण सम्बन्धिको उपचार बारेमा जानकारी दिइएको छ ।

टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ र एमबीबीएस डाक्टरहरु गरेर ३० जनासँग मेरुदण्डको रोग र उपचारका बारेमा छलफल गरेको अस्पताल निर्देशक डा. पुजन रोकायाले बताउनुभयो । उनीहरुलाई स्पाइन क्याडाभेरिक कोर्स पनि पढाइएको हो । उहाँकाअनुसार एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका पूर्वअध्यक्ष डा.पाण्डेको नेतृत्वमा १४ जना चिकित्सकको टोली जुम्ला पुगेको हो ।

  • ७ आश्विन २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech