नेपालगन्जमा ईएन्टी र दन्त शिविर, दुई सयले सेवा लिए

    • स्वास्थ्य पेज

  • ६ आश्विन २०८०, शनिबार

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२  बेलासपुरमा आज आयोजित नाक, कान घाँटी (ईएन्टी) तथा दाँत (दन्त) रोग सम्बन्धी निःशुल्क शिविरमा दुई सय बढिले सेवा लिएका छन् । शाही डेन्टल क्लिनिक र बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र प्रा.लिले नाक, कान घाँटी तथा दाँत रोग सम्बन्धी सेवा दिएका थिए ।

बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र प्रा.लिका संयोजक पुरन चौधरी नेतृत्वको टिमले नाक, कान तथा घाँटी सम्बन्धी सेवा दिएको थियो भने शाही डेन्टल किल्निकका दन्त चिकित्सक डा. सिर्जु पोख्रेलले टिमले  दाँतको चेकजाँच तथा परामर्श सेवा प्रवाह गरेको शाही डेन्टल क्लिनिकका संचालक करिस्मा शाहीले जानकारी दिनुभयो ।

बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र प्रा.लिका नाक, कान तथा घाँटी रोगका अडियोलोजिष्ट चौधरीले शिविरमा धेरै जसो कानको जाली प्वाल परेका, कान पाकेका, कानको नसा कमजोर भई श्रवण शक्ति कम भएका तथा कानेगुजी सम्बन्धी रोगी विरामीहरु पाइएको बताउनुभयो । त्यसैगरी फ्यारेन्जाइटिसका कारण घाँटी चिलाउने तथा दुख्ने समस्या भएका घाँटीका रोगी विरामीहरु पाइएको बताउनुभयो ।शाही डेन्टल क्लिनिकका दन्त रोग विशषेज्ञ डा. पोख्रेलले दाँतमा किरा लागेका, इन्फेक्सनका कारण दाँतको गिँजा सुन्निएका, पाकेर पिप सम्म निस्केका लगायतका दाँतका समस्या भएका रोगी बिरामीहरु चेकजाँच गर्न आएको बताउनुभयो ।

सामान्य खालका समस्या भएका बिरामीहरुलाई शिविरमै निःशुल्क रुपमा औषधि वितरण गरिएको थियो भने जटिल तथा अपरेसन नै गर्नुपर्ने समस्या देखिएका बिरामीहरुलाई सम्बन्धित स्वास्थ्य संस्थाले ५० प्रतिशत छुटमा स्वास्थ्य उपचार सेवा दिने व्यवस्था गरिएको छ । माओवादी केन्द्र १२ नम्बर वडाको आयोजनामा शिविर गरिएको इन्चार्ज ताराकुमारी रोकायले जानकारी दिनुभयो ।

  • ६ आश्विन २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech